 
																			१० मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान मानवलाई सहयोग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् ।
मानव पनि आफूजस्तै भुइँ मान्छे भएकाले चुनावी अभियानमा सहयोग गर्न काठमाडौं आएको उनले बताए । साम्पाङले भने, ‘देशमा गफ गर्ने मान्छे धेरै छन्, काम गर्ने मान्छेको खाँचो भएकाले कीर्तिपुरवासीले सफाइ अभियन्तालाई साथ दिनु हुन्छ भन्ने अपेक्षा छ ।’
देशमा ७५३ स्थानीय तह भएपनि काठमाडौं, धनगढी र धरानको मात्र चर्चा हुने गरेको उल्लेख गर्दै साम्पाङले भने, ‘कीर्तिपुरलाई पनि त्यस्तै चर्चाको केन्द्रमा राख्न तपाईंहरुले काममा विश्वास गर्ने राजमान मानवलाई जिताउनु पर्छ ।’

स्वतन्त्र उम्मेदवार मानवले साम्पाङको उपस्थितिले आफ्नो चुनावी अभियानलाई धेरै फाइदा गर्ने बताए । ‘हुन त कीर्तिपुरवासीले मेरो कामलाई पहिल्यै देख्नुभएको छ, तर हर्कजी पनि आउनु भएपछि थप मतदाताको नजरमा म परेको छु’ उनले अनलाइनखबरसँग भने, ‘यस्तोमा कीर्तिपुरमा पुराना दलहरुले गरेको फोहोर सफा गर्न मलाई एकपटक अवसर दिनुहोला ।’
साम्पाङ उनको चुनावी अभियानमा सहयोग गर्न आइतबार काठमाडौं आएका थिए । मंगलबार फर्किँदैछन् ।
हेर्नुस् तस्वीरहरूः
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4