
१२ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार प्रमुख सचेतक परियार मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
मंसिर पहिलो साता रास्वपा प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले आफ्ना नेताहरूलाई आन्दोलनको मागपत्र बुझाउन पनि समय नदिएको गुनासो गरेका थिए ।
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गर्दै आएको छ ।
त्यसअघि गत कातिक १२ गते साँझ रास्वपाका उपसभापति डिपी अर्याल र प्रमुख सचेतक परियारले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4