+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनकपुर र अयोध्या हवाई सेवाबाट जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १९:२५

१२ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाबाट समेत जोड्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले बुधबार आयोजना गरेको विश्व फलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृति सन्दर्भमा) अन्तरविषयक अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्री पाण्डेले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताए । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेले जानकारी दिए ।

मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताए । विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनर्जागरणमा योगदान गर्नुपर्नेमा उनको जोड थियो ।

दुई दिनसम्म चल्ने संगोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ । संगोष्ठीमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउन सहयोग गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?