+
+

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

रासस रासस
२०८१ मंसिर १४ गते ६:४९
Photo Credit : RSS

१४ मंसिर, तुलसीपुर । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक स्तरोन्नति सुरु भएको छ ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो ।

साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ । त्यसका लागि शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख रुपैयाँ पेश्की प्रदान गरिएको छ । ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ’, उनले भने ।

हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ ।

उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?