
१४ मंसिर, धनगढी । कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो ।
मोबाइल कभर, स्वीच, स्वीच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4