+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

‘बाटो’ अमेजन प्राइम भिडियोमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १५:३५

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म अन्तर्राष्ट्रिय प्लाटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने क्रम बढ्दो छ । उक्त प्लाटफर्मले नेपाली कन्टेन्टलाई प्राथमिकता दिइरहेको छ ।

यो मेसोमा अर्को नेपाली फिल्म ‘बाटो’ पनि प्लाटफर्ममा रिलिज भएको छ । यो फिल्मको अंग्रेजी नाम ‘रोड टु डेथ’ छ । यो फिल्म नेपालका हलमा भने गत जेठ ३२ गते प्रदर्शनमा आएको थियो ।

यो फिल्मले अमेजन प्राइमसहित ट्युबी र बुक माई शो स्ट्रिममा प्रदर्शन थालेको हो । अमेजन प्राइममा अमेरिका युरोपेली मुलुकमा बसोबास गर्नेका लागि उपलब्ध छ भने ट्युबीमा पनि सोही भूगोलमा बस्ने दर्शकलाई उपलब्ध छ ।

दक्षिण एसियामा लोकप्रिय प्लाटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अंग्रेजी सबटाइटलसहित स्ट्रिमिङ भइरहेको छ । ‘फ्युचर टिभी’ लगायतका अन्य ओटीटीमा विश्वव्यापी दर्शकको लागि उपलब्ध हुने निर्माता चन्दन झाले बताए ।

‘२०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिसकेपछि नेपाली फिल्मको गुणस्तर र पहुँच बढाउन केही योगदान गर्नुपर्छ भन्ने महसुस भएपछि यस फिल्म बनाएका थियौं’, निर्माता झाले भने, ‘नेपाली बक्स अफिसमा सफल नभए पनि यो फिल्ममार्फत अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनालाई खोज्ने कार्य गरेका छौं ।’

‘बाटो’लाई मदन थापाले लेखन तथा निर्देशन गरेका हुन् । यसमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?