
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।
विराटनगरलाई अलआउट गर्ने क्रममा जनकपुरका ललित राजबंशीले तीन , किशोर महतो र हर्ष ठाकरले दुई/दुई तथा बेन माइक र मोहम्मद मोसिनले एक/एक विकेट लिए ।
विराटनगरका मार्टिन गप्टिलले ५५ रन बनाएर आउट भए भने अकिब लियासले १५ रन बनाए । अरु कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4