+
+

गुगलले डेटा सेन्टर खोल्न फिनल्याण्डमा किन्यो २ करोड ७० लाख यूरोको जग्गा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १४:५०

१५ मंसिर, काठमाडौं। गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ ।

सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?