+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा सात जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १७:०५

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

‘गेटबाट छिर्ने क्रमममा झगडा भएका हो। केही घाइते भएका छन्,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘घाइते हुनेमा केही प्रहरी जवान पनि छन् ।’

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।

एसएसपी घिमिरेका अनुसार घाइते हुनेमा सुशिल अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दान बहादुर राउत, केशव मेगी, प्रेम खड्गी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?