१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई वडाध्यक्षका लागि मतदान जारी छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि जारी रहेको मतदानमा दुवै वडा गरेर अहिलेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुवै वडाको ३ मतदान स्थलमा दिउँसो साढे ११ बजे सम्ममा पुरुष ६९३ र महिला ६९४ गरी १ हजार २ सय ९७ जनाले मतदान गरेका छन् ।
अहिलेसम्म शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
दुवै वडामा जम्मा मतदाता ३ हजार ९ सय ४२ मतदान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4