 
																			१७ मंसिर, रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।
माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन् ।
यो पालिकामा एमाले-कांग्रेसको गठबन्धन छ । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4