
१७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद बिच क्लालालम्पुरमा भेट भएको छ ।
उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मद बिच क्वालालम्पुर स्थित संसद भवनमा भेटवार्ता भएको हो ।
शिष्टाचार भेटका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल र मलेसियाका बिचमा आगामी दिनमा संसदीय सहकार्य र अनुभव आदनप्रदान बढ्दै जाने बिश्वास ब्यक्त गरिन् ।
उनले मलेसियामा रहेका नेपाली आप्रवासी कामदारहरूको समस्या समाधान गर्न मलेसियाली अधिकारीहरूले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि मलेसियाली अधिकारीहरूले नेपाली कामदारहरूको सुरक्षा र हितका लागि आफ्नो बहुमूल्य सहयोग जारी राख्नेछन भन्ने बिश्वास ब्यक्त गरिन्।
मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मदले नेपाली कामदारले मलेसियाको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै कामदारको सुरक्षा र हितका लागि मलेसिया सरकारले सधै सहयोग गर्ने विश्वास रहेको बताए ।
उनले दुबै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समुह गठन गरेर अगाडी बढ्न सकिने धारणा राखे ।
उपाध्यक्ष घिमिरे मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि १३ संसदीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मलेसिया भ्रमणमा छिन्।
प्रतिक्रिया 4