+
+
उपनिर्वाचन: :

कसले कहाँ गुमाए ? (सूचीसहित)

सार्वजनिक नतिजा अनुसार राजनीतिक दलहरूले पहिले जितेको क्षेत्र उपनिर्वाचनमा जोगाउन सकेको देखिँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:१६

१७ मंसिर, काठमाडौं । उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुन अब केही पालिका मात्र बाँकी छ ।

२ वटा जिल्ला समन्वय समिति (जिसस) सभापति सहित ४४ पदका निम्ति उपनिर्वाचन भएको थियो । त्यसमध्ये दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको नतिजा आउन बाँकी छ ।

यसबाहेक ४० स्थानको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजा अनुसार राजनीतिक दलहरूले पहिले जितेको क्षेत्र उपनिर्वाचनमा जोगाउन सकेको देखिँदैन ।

जितेको क्षेत्र गुमाउनेमा अरू दल भन्दा नेपाली कांग्रेस अगाडि छ । ०७९ को चुनावमा कांग्रेसले जितेको २७ क्षेत्रमा उपनिर्वाचन भएको थियो । तर कांग्रेसले १२ स्थानको जित मात्र जोगाउन सक्यो ।

जित जोगाएको क्षेत्रमा ओखलढुंगा र कैलाली जिसस सभापति, कीर्तिपुरको मेयर सहित ९ वडाध्यक्ष छन् । यद्यपि कांग्रेसले १६ वडाध्यक्ष जितेको छ । अर्थात् यसपटक जितेको ७ वडामा कांग्रेस पहिले हारेको थियो ।

पालिका पदाधिकारीहरुमा कांग्रेसले यो उपनिर्वाचनमा भएको पनि गुमाउनु परेको छ । कांग्रेसले यसअघि जितेको मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले खोसेको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर माओवादीले नै खोसेको छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीकात्र्तिक खापर गाउँपालिका उपाध्यक्ष एमालेले खोस्यो । दुई वटा पालिका पदाधिकारी कांग्रेसबाट खोसेर उत्साहित देखिएको एमालेले आफैले जितेको क्षेत्रहरु भने जोगाउन सकेन ।

०७९ मा एमालेले जितेको ७ वडाध्यक्षमा उपनिर्वाचन भएको थियो । तर ती मध्ये एमालेले दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा मात्र जोगाउन सक्यो । बाँकी ५ वडा अरु दलले जितेको खोस्न सकेको हो ।

सधैं गठबन्धनबाट निर्वाचन लड्दै आएको माओवादीले यसपटक एक्लै हुँदा पनि उत्साहित नतिजा निकालेको माओवादीले पनि आफ्नो पुरापुर जित जोगाउन सकेन । दुई वटा पालिका पदाधिकारी सहित माओवादीले जितेको ८ क्षेत्रमा उपनिर्वाचन भएको थियो । तर दुई क्षेत्रको जित मात्र जोगाउन सकेको छ ।

माओवादीले जित जोगाएको भनेको स्वामीकात्तिक गाउँपालिका उपाध्यक्ष र त्यही पालिकाको २ नम्बर वडा मात्र हो । माओवादीले जितेको अरु क्षेत्रमा यसअघि पराजित भएको थियो । (माओवादीले यसअघि जितेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको नतिजा आउन बाँकी छ)

अरु साना दलले जितेको क्षेत्रमा उपनिर्वाचन भएको थिएन । त्यसैले एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्रले ठूला दलहरुबाट एक/एक क्षेत्र खोस्न सक्यो । ०७९ को निर्वाचनमा जितेको रौतहटको गढीमाई नगरपालिका–८, यसपटक जसपाले जित्न सकेन ।

तर उसले गत चुनावमा कांग्रेसले जितेको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडाध्यक्ष जितेको छ ।

अर्थात् गुमेका जनप्रतिधिका ठाउँमा मतदाताले राजनीतिक शक्ति नै परिवर्तन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?