१९ मंसिर, काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप यही मंसिर २३ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरू हुँदैछ ।
प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने छन् । नेपालबाट एनभिए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छन् । त्यसैगरी ईरानबाट चादाैर मालो क्लब, भारतबाट कालिकट हिरोज र माल्दिभ्सबाट एचडीसी क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका लागि करिब १ करोड खर्च हुने र राष्ट्रिय खेलकुद परिषदबाट २५ लाख अनुदान प्राप्त गर्ने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
काभा पुरुष क्लब भलिबल पहिलोपटक हुन लागेको हो । नेपालमा यस वर्ष आयोजना हुन लागेको यो दोस्रो काभा प्रतियोगिता हो । यसअघि काभा वुमन्स नेसन्स लिग आयोजना भएको थियो ।
प्रतिक्रिया 4