+
+

नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १३:२६

२० मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् ।

बिहीबार आर्कविल्ड एक्स्पो–२०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरू, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन डे«न अर्थात् बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नुपरिरहेको अवस्था छ ।’

आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगतिमात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने उनले बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने पनि बताए ।

‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान अभियान र कर्म पनि हो,’ भट्टराईले भने, ‘त्यसअर्थमा आर्किटेक्टहरु प्लानरहरुको अगामी दिनमा हाम्रो जस्तो विकासशील र विकासोन्मुख देशले र पर्यावरणीय हिसावले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा अगामी दिनमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुलाई, प्रविधिहरुले ल्याएका चुनौतीहरूको समेत सामना गर्नुपर्ने कुरामा आर्किटेक्ट जस्तो पेशालाई समयानुकल सदुपयोग गरेर आफ्नै देशमा त्यो जनशक्तिलाई परिचालन गर्दै जानुपर्दछ ।’

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरू रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?