+
+

प्रभु साहले काठमाडौंमा खोजे विरोध गर्ने ठाउँ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १६:५७

२१ मंसिर, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रमा जनतालाई असन्तुष्टि राख्ने खुला ठाउँ हुनुपर्ने बताएका छन् ।

तर, संघीय राजधानी काठमाडौंमा त्यस्तो ठाउँ नरहेको र जनतालाई असन्तुष्टि राख्न खोज्दा सरकारले रोक्ने प्रयास गर्ने गरेको उनको भनाइ छ ।

राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा जनताले टुडिँखेलमा जम्मा भएर विरोध गर्ने गरेको हाल त्यो ठाउँ उपलब्ध नहुने गरेको उनले बताए ।

‘हिजो विरोधसभा गर्न टुडिँखेल खुला थियो । तर अहिले सभा सम्मेलन गर्ने ठाउँ काठमाडौंमा छैन,’ उनले भने, ‘लोकतन्त्र यही हो ?’

लोकतन्त्रमा जनताको असन्तुष्टि सुनेर त्यसलाई राज्यले सम्बोधन गर्ने विश्वास गरिने तर अभ्यासमा यसअनुसारको व्यवहार हुन नसकेको उनको भनाइ छ । उनी प्रश्न गर्छन, ‘अभिव्यक्ति स्वतन्त्रको ज्ञारेन्टी  यस्तैलाई भन्छ ?’

राजनीतिक दलहरूले कुनै प्रकारको सभा राडमै गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र जनताको विरोध गर्ने अधिकारका लागि ठाउँ छुट्याइनुपर्ने उनको माग छ ।

अझ सरकारमा रहेका दलले रोडकै मञ्च बनाएर सभा गर्ने विषय नसुहाउँदो रहेको उनको भनाइ छ । ‘आफ्नो सभा जुलुस रोडमै मञ्च बनाएर गर्ने तर आम नागरिकलाई आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको लागि कुनै ठाउँ नदिने ?’ साहको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?