+

एसियन कप छनोट : तेस्रो चरणमा नेपालले को‍-कोसँग खेल्ने?

२०८१ मंसिर  २४ गते १४:३१ २०८१ मंसिर २४ गते १४:३१
एसियन कप छनोट : तेस्रो चरणमा नेपालले को‍-कोसँग खेल्ने?

२४ मंसिर, काठमाडौं ।  सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न भएको छ । जसमा नेपाल समूह एफमा परेको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस छन् ।

लाओससँग नेपालले विश्वकप र एसियन कप छनोटको प्रारम्भिक चरणमा समेत खेलेको थियो । जसमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको नेपालले अवे मैदानमा जित हात पार्दै अघिल्लो चरणमा पुगेको थियो ।

यसैगरी नेपालले भियतनामसँग अहिलेसम्म  दुई खेल खेलेकोमा दुवैमा पराजित भएको छ ।  मलेसियासँग भने ७ खेल खेल्दा ६ खेलमा पराजित भएको नेपालले १ खेल बराबरी गरेको छ ।

लाओससँग भने ५ खेल खेल्दा नेपाल अपराजित छ । ४ खेल नेपालले जितेको छ भने एक खेल बराबरी भएको छ ।

तेस्रो चरणमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ टिम छन् । समूहका खेलहरु होम एण्ड अवेका आधारमा खेलाइनेछ र हरेक समूहको समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।

यसअघि नै दोस्रो चरणको छनोटबाट १८ टिमले २०२७ को एसियन कपमा स्थान पक्का गरिसकेका छन् ।

एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय