२४ मंसिर, काठमाडौं । ज्यान मार्ने उद्योगसहित तीन कसुरका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भइ भक्तपुरको सूर्यविनायक बस्दै आएका ४२ वर्षीय लालबहादुर तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइबार रत्नपार्कबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध १२ असारमा मात्रै ललितपुर जिल्ला अदालतबाट ठगीको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । ललितपुरमा २ लाख ५० हजार ठगीको उजुरी परेको थियो ।
त्यसैगरी वैदेशिक रोजगार सम्बन्धी कसुरमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वैदेशिक रोजगारीमा पठाउने भन्दै १६ लाख ५ हजार ठगी गरेको आरोप छ ।
उनीविरुद्ध काभ्रेमा पनि ज्यान मार्ने उद्योगको कसुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
प्रतिक्रिया 4