+

काभा पुरुष क्लब भलिबलमा गण्डकीको लगातार तेस्रो हार, क्यालिकट हिरोजको पहिलो जित

२०८१ मंसिर  २४ गते २२:२८ २०८१ मंसिर २४ गते २२:२८
काभा पुरुष क्लब भलिबलमा गण्डकीको लगातार तेस्रो हार, क्यालिकट हिरोजको पहिलो जित

२४ मंसिर, काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपाली टिम गण्डकी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार राखेपको कभर्डहलमा भएको खेलमा गण्डकी इरानको जुनियर राष्ट्रिय टिमसँग ३-२ को सेटमा पराजित भएको हो ।

सुरूवाती दुई सेट आफ्नो पक्षमा पारेपनि त्यसपछि लय गुमाउँदा गण्डकीले पहिलो जित हात पार्न सकेन । गण्डकी यसअघि पहिलो खेलमा पनि माल्दिभ्स क्लब एचडिसीसँग दुई सेटको अग्रता लिएर पनि ३-२ ले नै पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपालकै हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३-१ को सेटमा पराजित भएको थियो ।

तेस्रो खेलमा गण्डकी इरानको जुनियर टिम विरुद्ध सुरुवाती दुई सेट २८-२६ र २५-२३ ले जितेको थियो । तर त्यसपछि इरानको टिमले पुनरागमन गर्दै तीन सेट २५-२१, २५-२२, १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

लगातार तीन खेल हारेको गण्डकी दुई खेल पाँच सेटसम्म खेलेकोले ३ खेलमा २ अंक जोडेको छ । लगातार दोस्रो खेल पाँच सेटमा पुगेर जितेको इरानको जुनियर टिमले २ खेलबाट ४ अंक जोडेको छ ।

सोमबारै भएको पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा पराजित गरेको छ । कभर्डहलमा भएको खेलमा क्यालिकटले एचडिसीलाई २५-१३,२५-२३, २५-२१ ले हरायो ।

क्यालिकटको यो पहिलो जित हो । पहिलो खेलमा क्यालिकट नेपालको हेल्प नेपाल स्पोर्ट्स क्बलसँग ३-२ को सेटमा पराजित भएको थियो । पहिलो खेल जितेको एचडिसीको यो लगातार दोस्रो हार हो । ३ खेलबाट एचडिसीको ३ अंक छ ।

प्रतियोगितामा मंगलबार कुनै खेल हुने छैन । बुधबार पनि दुई खेल हुनेछ । बुधबारको पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच हुनेछ भने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ ।

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय