+

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

२०८१ मंसिर  २५ गते १४:१९ २०८१ मंसिर २५ गते १४:१९

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

२५ मंसिर,  काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।

टी-यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।

पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एक/एक विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एनपीएल कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय