 
																			वर्तमान समयमा स्मार्टफोन मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ र मानिसले फोनको स्क्रिनमा बिताउने समय ह्वात्तै बढेको छ । कार्यालयका अधिकांस कामहरु अनलाइन भैसको छन्, जसका कारण ल्यापटपको प्रयोग पनि बढेको छ । यसका अलावा घरमा स्मार्टफोनमा टिकटक तथा अन्य सोसल मिडियाको प्रयोगको लत बढ्दा पनि मानिसको आँखामा दबाब बढ्दछ। अझ कतिपय मानिसहरुको आँखाको निकै नजिक राखेर फोन हेर्ने बानी हुन्छ, जुन निकै खतरनाक हुन्छ । यसबाट बँच्नका लागि आइफोनमा एउटा खास फिचर रहेको छ ।
कसरी काम गर्छ यो फिचरले ?
आइफोनको उक्त फिचरको नाम स्क्रिन डिस्टेन्स फिचर हो । यो फिचरले आइफोनको स्क्रिन र आँखा बीचको दूरीलाई निश्चित मात्रामा कायम गर्दछ । अर्थात् यदि तपाईंले निकै नजिकबाट आइफोन हेर्नुभयो भने फोनको स्क्रिन आफै लक हुन्छ । त्यस्तै फोन केही डाटा राख्दा फोनको डिस्प्ले आफैं खुल्दछ ।
कति टाढाबाट स्क्रिन हेर्ने ?
बालबालिकाहरुमा मायोपिया अर्थात् अदूरदृष्टि दोषको समस्या बढिरहेको छ । यस्तोमा एप्पलले प्रयोगकर्तालाई आफ्नो फोनको स्क्रिन आँखाबाट १२ इन्च अर्थात् ३० सेमी टाढा राख्न सिफारिस गर्दछ। यसबाट आँखामा कम दबाब पर्दछ ।
Screen Distance फिचर कसरी सक्रिय पार्ने ?
- सबैभन्दा पहिले आइफोनको Settings अप्सनमा जानुहोस्
- त्यहाँ विभिन्न खालका विकल्प देखिनेछन्, जसमध्ये Screen Time अप्सनमा ट्याप गर्नुहोस्
- त्यसपछि नयाँ पेज खुल्नेछ, जहाँ तपाईंले Screen Distance अप्सनमा ट्याप गरेर सो विकल्पलाई सक्रिय बनाउनुपर्नेछ । यसो गर्दा Screen Distance फिचर सक्रिय हुन्छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4