+

यू-१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाई

२०८१ मंसिर  २७ गते १८:३० २०८१ मंसिर २७ गते १८:३०
यू-१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाई

२७ मंसिर, काठमाडौं । मलेसियामा आगामी साता सुरू हुने एसीसी यू-१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरिएको हो । यू१९ महिला एसिया कप यही डिसेम्बर १५ देखि सुरू हुँदै छ ।

नेपाल, भारत र पाकिस्तान समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । समूह ए मा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन्  ।दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

क्यान कार्यसमिति सदस्य आयुष श्रेष्ठले नेपाली यू१९ महिला टोलीले यू१९ टी२० विश्वकप समेत खेल्ने लागेको यू१९ एसिया कप त्यसको तयारीको रुपमा हुने बताए । ‘हामीले यू१९ एसिया कपमा भारत र पाकिस्तान जस्तो टिमसँग खेल्न पाउँछौँ । त्यसमा हामीले एक्सपोजर लिने अवसर पाउनेछौँ ।’

नेपाली युवा टोलीले यू१९ विश्वकप एसिया छनोटको उपाधि जितेर विश्वकपमा स्थान बनाउँदै आफूलाई प्रमाणित गरेको र अब आउने खेलमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको श्रेष्ठले बताए ।

यसैगरी यू१९ महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले यू१९ एसिया कपका लागि राम्रो तयारी भएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

यसैगरी यू१९ महिला टिमकी कप्तान पुजा महतोले क्याम्प राम्रो भएको र यू१९ एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।

क्यानले पुजाको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

एसीसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय