+
+

१० करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

रासस रासस
२०८१ मंसिर २७ गते २०:४३

२७ मंसिर, काठमाडौँ । सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ ।

विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने ।

सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ ।

काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए।

प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?