+

बाहिरिसकेको लुम्बिनीविरुद्ध खेल्दा कर्णालीको नजर प्लेअफमा

२०८१ मंसिर  २८ गते ६:०७ २०८१ मंसिर २८ गते ६:०७
बाहिरिसकेको लुम्बिनीविरुद्ध खेल्दा कर्णालीको नजर प्लेअफमा

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिसकेको पहिलो टिम लुम्बिनी लायन्स विरुद्ध कर्णाली याक्सले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

यसअघि ६ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । अब लुम्बिनीलाई गुमाउनु केही छैन । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।

अहिलेसम्म जनकपुर बोल्ट्स प्लेअफमा छनोट भइसकेको छ । अब बाँकी ३ स्थानका लागि ६ टिम नै होडमा छन् । ६ टिममध्ये पनि सुदूरपश्चिम रोएल्स, चितवन राइनोज र कर्णाली प्लेअफमा बलियो दाबेदारको रुपमा छन् । लुम्बिनी भने बाहिरिसकेको छ । ५ खेल खेल्दा ४ खेलमा पराजित विराटनगरको पनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना लभग सकिएको जस्तै छ ।

सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीका लागि पछिल्लो दुई खेलमा अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले राम्रो प्रदर्शन गरिरहेका छन् । यस्तै युवा स्पीनर विपिन प्रसाद शर्माले पनि लगातार राम्रो खेलिरहेका छन् । उनी ट्यालेन्ट हन्टबाट छनोट भएका मध्ये एनपीएल खेल्ने पहिलो र एक्लो खेलाडी हुन् ।

यस्तै ओमानका जिसान मकसुदले ब्याट र बलमा कन्ट्रिबुट गरिरहेका छन् । गुल्सन झा ले अपेक्षा अनुसार खेल देखाउन नसकेपनि पछिल्लो खेलमा पोखरा एभेन्जर्स विरुद्ध अविजित ४९ रनको इनिङ्स खेलेका थिए ।उक्त खेलमा बोसिस्टोले एक्लै ६ विकेट लिएका थिए ।

कर्णालीका आशा गरिएका हङकङका ब्याटर बाबर हायतको ब्याट चलेको छैन । उनको ब्याट चलेको दिन उनी एक्लै पनि खेल जिताउन सक्ने खेलाडी हुन् ।

यता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले सुरुवाती चार खेलमा हार व्यहोरेको थियो । पाँचौ खेलमा आएर पहिलो जित हात पारेको लुम्बिनीले प्लेअफ पुग्ने आशा राखेको थियो । तर त्यसपछि छैटौं खेलमा काठमान्डु गुर्खाजसँग पराजित भएपछि औपचारिक रुपमा लुम्बिनी प्लेअफ होडबाट बाहिरियो । अब अन्तिम खेलमा लुम्बिनीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ । त्यसैले कप्तान रोहितले अन्तिम खेलमा अहिलेसम्म नखेलेका खेलाडीलाई पनि अवसर दिने बताएका छन् ।

प्लेअफ होडबाट बाहिरिसकेको लुम्बिनी र प्लेअफ पुग्ने होडमा रहेका कर्णालीबीचको खेल दुई फरक अवस्थाको टिमबीचको खेल हुनेछ ।

खेल : कर्णाली याक्स भर्सेस लुम्बिनी लायन्स

मिति र समय : २८ मंसिर बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय मैदान, कीर्तिपुर

कर्णाली याक्स सम्भावित ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिस सिंह ठकुरी

लुम्बिनी याक्स सम्भावित ११ : अर्जुन साउद, उन्मुक्त चन्द, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, विवेक यादव, विकास आग्री, अभिशेष गौतम, तिलक भण्डारी, रामोन सिमोण्ड्स, आरिफ खान

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय