+
+

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ८:३०

२८ मंसिर, काठमाडौं । केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा माओवादी घटकसँगको एकता प्रक्रिया, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई पार्टीमा दिने जिम्मेवारी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल हुने एजेण्डा छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी छ । सोही बैठकका एजेण्डा तय गर्न माओवादीको स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?