२८ मंसिर, काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल चढेका छन् ।
संसद दिवसको सन्दर्भ पारेर ५ जना युवासहित कांग्रेस महामन्त्री शर्माले ६,१४५ मिटर उचाईको लोबुचे हिमाल चढेका हुन् ।
मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका शर्मा र युवाहरूले शुक्रबार बिहान ६ बजेर ४५ मिनेटमा लोबुचे हिमालको सफल आरोहण गरेका हुन् ।
‘आरोहणको ९ उध्येश्य’ महामन्त्री शर्माले राजनैतिक बिषयहरु बाहेक अन्य क्षेत्रका बिषयहरु सार्वजनिक र संसदमा पनि उठाउँदै आएका छन् ।
आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार यसपटक हिमाल आरोहणमार्फत निम्न ९ बिषयलाई ध्यानाकर्षण गराउन खोजिएको छ।
जसमा जलवायु परिवर्तन, पर्वतारोहीको सम्मान, पर्यटन क्षेत्रको विकासमा राज्यको बिशेष प्राथमिकता, नागरिक विश्वास बलियो बनाउने गरि संसदको भूमिका, हिमाल जस्तै पवित्र र कन्चन नेपाली समाज, नेपालको समुन्नतिका लागि राजनीतिमा परिवर्तन, भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण, भौतिक पुर्वाधार निर्माण ढिलासुस्ती र समुन्नतिका लागि अपनत्व विस्तारसहितको स्थिर संसदीय प्रणाली रहेको थियो ।
संसदको आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण समेत राख्ने बताएका छन् ।
प्रतिक्रिया 4