विवाहपछि महिलालाई आमा बन्न धेरै दबाब रहन्छ । यद्यपि, यो अवस्था विस्तारै बदलिंदो छ । अहिलेका सचेत विवाहित जोडी विवाहसँग जोडिएको सुविधा र समय हेरेर गर्भावस्थाको योजना बनाउने अभ्यास भइरहेको देख्न सकिन्छ ।
तर कहिलेकाहीं लगातार प्रयास गर्दा पनि महिलाले गर्भधारण गर्न सक्दिनन् । यो अवधिमा निकटका आफन्त तथा साथीभाइदेखि गुगलसम्म हरेक खालको सुझावअनुसार प्रयास गरिन सक्छ । तर समस्या के छ भने तीमध्ये सबै सुझाव पूर्ण सत्य र प्रभावकारी नहुन सक्छ । त्यस्ता सुझावमध्ये एक हो, यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा बच्चा छिटो बस्छ ।
वास्तवमै यस्तो सम्भव छ ?
यौन सम्बन्ध राखेपछि तुरुन्त सुतेमा गर्भधारण छिटो हुन्छ भन्ने कुरामा अहिलेसम्म कुनै प्रमाण फेला परिसकेको छैन । वास्तवमा जुनसुकै विधि अपनाएर यौन सम्पर्क गरे पनि वीर्य पाठेघर हुँदै अण्डवाहिनी नलीसम्म पुग्न दुई मिनेट लाग्छ ।
योनीमा स्खलन हुने बित्तिकै शुक्राणु दुईदेखि पाँच मिनेटभित्र गर्भधारण प्रक्रियाका लागि जानुपर्ने स्थानमा पुगिसक्छ । यसको मतलब वीर्य ओछयानबाट उठ्नुभन्दा पहिले नै डिम्बाशयमा पुग्न सक्छ ।
यस्तै अर्को पनि यस्तै एक भ्रम व्यापक फैलिएको छ- यौन सम्बन्ध राख्ने बित्तिकै खुट्टा टाउकोतर्फ लगेर केहीबेर राख्दा वीर्य सही दिशाबाट गर्भाशयमा पुग्छ । जसले गर्भ बस्ने सम्भावना बढाउँछ ।
सुत्ने, यौन आसन वा खुट्टा माथि लैजाने जस्ता प्रक्रियाले गर्भ रहने नरहनेमा कुनै अर्थ राख्दैन । गर्भ बस्न उपयुक्त समय हुनु आवश्यक हुन्छ ।
त्यो उपयुक्त समय कहिले हो ?
समय नभई जति प्रयास गर्दा पनि बच्चा नबस्न सक्छ । किनकि बच्चा बस्न महिलाको डिम्ब निष्कासन हुने अवधि हुनुपर्छ । अर्थात्, महिनावारी भएको दिनबाट गन्ती गर्दा १४ दिनमा महिलाको अण्डा उत्पादन हुन्छ ।
यसरी उत्पादन भएको अण्डा कम्तीमा पनि १२ देखि २४ घण्टासम्म रहन्छ । यो अवधिबीच शारीरिक सम्पर्क भएमा बच्चा बस्ने सम्भावना प्रबल हुन्छ । किनकि वीर्य महिलाको प्रजनन् अंगमा तीनदेखि पाँच दिनसम्म हुन्छ । त्यसकारण सम्भोग गर्दा वीर्य र अण्डाको मिलन हुने समयमै प्रयास गर्नु ठीक हुन्छ ।
गर्भधारण छिटो गराउन जीवनशैली पनि स्वस्थ हुनुपर्छ ।
के गर्ने त ?
– तनावको स्तरलाई नियन्त्रण गर्न सिक्नुपर्छ । किनकि कहिलेकाहीं तनावले पनि हर्मोनमा गडबड गराई महिनावारी र अण्डा निष्कासनको समयमा तलमाथि पार्न सक्छ । तनाव व्यवस्थापनका लागि ध्यान, व्यायाम, घुमफिर जस्ता विधि अपनाउन सकिन्छ ।
– धुम्रपान र मदिरा सेवन गर्नुहुँदैन । यी दुई पदार्थले महिला तथा पुरुषको प्रजनन् क्षमतामा असर पार्छ ।
– गर्भावस्थाको योजना भइरहेको छ भने फोलिक एसिड खान सुरु गर्नु राम्रो हुन्छ ।
– महिलाको अण्डा निष्कासन हुने समयमा सम्भोगको मात्र बढाउन सकिन्छ । यसले छिटो गर्भवती बन्ने सम्भावना उच्च छ ।
– पर्याप्त पानी र पोषिलो खानपान गर्नुपर्छ । यसले पनि हर्मोनल सन्तुलन कायम राख्छ ।
प्रतिक्रिया 4