+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

५ दिने फिल्ममेकिङ मास्टरक्लास सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १९:४२

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । कक्षामा सहभागि ५८ जना फिल्म विद्यार्थी तथा फिल्मकर्मीले बनाएका छोटो फिल्मबीच प्रतिस्पर्धा पनि गरिएको थियो ।

सहभागिबीच समूह निर्माण गरेर २४ घण्टामा फिल्म बनाइएको थियो । जसमा आरडी लामाले निर्देशन गरेको छोटो फिल्म ‘सिगरेट’ले निर्देशन, अभिनय, कला, पटकथा र निर्माणसहित विधामा पुरस्कार जित्यो । ‘गिल्टी’ले ध्वनि, छायांकन र सम्पादनको अवार्ड जित्यो ।

प्रतिस्पर्धाको निर्णायकमा फिल्म निर्देशक पूर्णेन्दु झा, दीपेन्द्र गौतम, छायांकार सुसन प्रजापति र निर्माता गौतम धिमाल थिए । अंग्रेजी तथा अन्य विदेशी फिल्म सरह दृश्य सोच्न सक्ने तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कक्षा आयोजना गरिएको थियो ।

बोर्डको प्रेक्षालयमा आयोजित समारोहलाई अध्यक्ष दिनेश डीसीले सहभागि तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?