+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १९:५९

६ पुस, गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

साथीहरूसँगै ढार खोला सामुदायिक वनमा घाँस काट्न गएकी विक भिरबाट करिब ९० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

मृतक विकको घर धुर्कोट गाउँपालिका वडानम्बर–६ किमुखर्क हो । उनी दशैंयता माइतीमै बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?