 
																			७ पुस, काठमाडौं । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुर पांगामा सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
शनिबार सम्पन्न भएको सम्पदा पदयात्रा कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले आयोजना गरेको हो । पदयात्रामा सहभागीलाई पांगाको समृद्ध मूर्त र अमूर्त सम्पदाको बारेमा जीवन्त लोककथा सहितको अनुभव गराइएको थियो ।
पदयात्रा भाजगंलस्थित विष्णुदेवी मन्दिरबाट सुरु भएको थियो । सहभागीले पांगा ढुशी, देउखेल, लाच्छी हुँदै ढोकाशीमा पुगेर तोकिएको मार्ग पूरा गरेका थिए ।
बाटोमा पांगाको सम्पदा, इन्द्रायणी जात्रा मनाउने परम्परा बारे जानकारी दिइएको थियो । कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीका अनुसार सम्पदा पदयात्रा मासिक रूपमा नियमित आयोजना गरिन थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4