+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको खुसीमा साधुसन्तलाई भोज

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:५६

७ पुस, काठमाडौं। जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् ।

शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो।

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।

कमिटिले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए ।

यस्तै यही खुसीयालीमा पर्साको सखुवा पर्सौनी गाउँपलािकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?