
९ पुस, काठमाडौं। पत्रकार गोपाल दाहालमाथि आइरहेको धम्कीबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघले मिडिया मिसन खटाएको छ ।
महासचिव रामप्रसाद दाहालले वक्तव्य जारी गर्दै महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिसन टोली खटाइएको जानकारी दिएका हुन् ।
टोलीमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी महासंघका अध्यक्ष सन्तोष काफ्ले छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबारे खोज रिपोर्ट तयार पारेका पत्रकार दाहालमाथि साम्पाङका समर्थकहरुले धम्की दिइरहेकाले मिसन टोली खटाइएको महासंघले जनाएको छ ।
हेर्नुहोस् पत्रकार महासंघको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4