+

आर्सनल दोस्रो स्थानमा

२०८१ पुष  १३ गते ९:२२ २०८१ पुष १३ गते ९:२२
आर्सनल दोस्रो स्थानमा

१३ पुस, काठमाडौं । काइ हाभार्ट्जको गोलमा इप्स्विच टानउलाई १-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा हाभार्ट्जले २३औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले लिएन्ड्रो ट्रोसार्डको क्रसमा गोल गरेका थिए ।

घरेलु मैदानमा आर्सनलले ८३ प्रतिशत भन्दा बढी खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । चेल्सीलाई एक अंकले पछि पारेको आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ६ मा झारेको छ ।

चेल्सी ३५ अंकसहित तेस्रोमा छ । इमिरेट्स स्टेडियममा भएको खेलमा लियानड्रो ट्रोसार्डको क्रस उपयोग गर्दै हाभरटेजले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

रेलिगेसनबाट बच्न संघर्षरत इप्स्विच १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

गएराती नै भएको खेलमा ब्राइटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्राइटन १८ खेलबाट २६ अंकसहित दसौं स्थानमा । ब्रेन्टफोर्ड समान खेलबाट २४ अंकसहित ११औं स्थानमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय