+

जय ट्रफी एलिट कपका लागि मधेश प्रदेशको प्रारम्भिक टोली घोषणा

२०८१ पुष  १४ गते १२:०५ २०८१ पुष १४ गते १२:०५
जय ट्रफी एलिट कपका लागि मधेश प्रदेशको प्रारम्भिक टोली घोषणा

१४ पुस, काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले प्रारम्भिक टोली घोषणा गरेको छ ।

मधेश प्रदेश क्रिकेट संघले शनिबार हरिशंकर साहको कप्तानीमा बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा उपकप्तानमा अभिषेक तिवारी छन् ।

यस्तै अन्य खेलाडीमा अरनिको यादव, मयन यादव, विशाल सुश्लीङ, साहिल पटेल, रुपेश सिंह, राजेश यादव, भुलवन सहनी, विशाल पटेल, हिमान्शु दत्त, प्रदीप पासवान, अफ्रुदीन राइन, रञ्जित कुमार, रोहन विश्वकर्मा, राहुल मण्डल, सैलेन्द्र साह, नीरजकुमार यादव, राज पटेल, सफवन अली, पार्थीव यादव र कमल गुप्ता समावेश भएका छन् ।

मधेश प्रदेशबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका अनिल शाह र पवन सर्राफले भने जय ट्रफी गुमाउने भएका छन् । दुवैले मधेश प्रधेशलाई प्रधानमन्त्री कपको शीर्ष चारमा पुर्‍याउन योगदान दिएका थिए ।

तर एनपीएल दौरान अनिलको औँलामा चोट लागेकोले उनी जय ट्रफी खेल्ने टिममा समेत छैनन् । यस्तै पवन भने घुँडाको चोटको उपचारपछि आराममा छन् ।

मधेशको टोलीमा एनपीएल फ्रेन्चाइज लिगमा समावेश भएका अरनिको यादव, मयन यादव, रुपेश सिंह, विशाल सुस्लिङ, रन्जित कुमार र कप्तान हरिशंकर शाह छन् ।

अरनिको र मयनले एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका थिए । जनकपुरकै टिममा रहेका रुपेशले चोटका कारण कुनै खेल खेल्न पाएनन् । उनको स्थान आएका मयनले केही खेल खेले ।

यस्तै जनकपुर टिममा लोकल आइकोनिक प्लेअरको रुपमा समावेश भएका विशालले पनि कुनै खेल खेलेनन् ।

रन्जितले चितवन राइनोजबाट खेलेका थिए भने हरिशंकर शाहले पोखरा एभेन्जर्सको टिममा समावेश भएपनि कुनै खेल खेल्न पाएनन् । सुनाम गौतम घाइते भएपछि हरिशंकरलाई पोखराले टिममा राखेको थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग हने दुई दिवसीय जय ट्रफी एलिट कप यही पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्जको नारायणी रंगशाला र धनुषाको जनकपुरमा हुनेछ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश खेल्ने छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

जय ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय