+
+

अजरबैजान र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:१७

१७ पुस, काठमाडौं । अजरबैजान र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

चौरसियाले अजरबैजान पठाउने भन्दै ४ लाख र दुलालले दुबई पठाउने भन्दै तीन लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?