 
																			२२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो ।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै प्रदेशको रिपोर्टिङ गर्नेहरुले स्थानीय तहको उपनिर्वाचन सन्तोषजक भए पनि धेरै उत्साहित हुनुपर्ने नरहेको बताएका थिए ।
उनीहरुले केन्द्रीय नेतृत्व गाउँ तहसम्म पुग्नु मागसमेत गरेका थिए ।
आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4