+

मदन भण्डारी गोल्डकप भलिबल : नेपाल पुलिस र त्रिभुवन आर्मी सेमिफाइनलमा

२०८१ पुष  २२ गते २०:०० २०८१ पुष २२ गते २०:००
मदन भण्डारी गोल्डकप भलिबल : नेपाल पुलिस र त्रिभुवन आर्मी सेमिफाइनलमा

२२ पुस, बुटवल । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लिग चरणका अन्तिम खेलमा जित निकाल्दै आर्मी र पुलिस समूह विजेता समेत बन्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस अघि समूह चरणमा उपविजेता बनेका गुजरात स्टेट भलिबल क्लब भारत र मणिमुकुन्द भलिबल क्लबले सेमिफाइनलमा ठाउँ बनाएका छन् ।

आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोजो सेटमा पराजित गर्‍यो ।

पहिलो सेट २५–१८ मा हारेको रुकुम पश्चिम दोस्रो सेटमा २५–१९ ले हार्‍यो । तेस्रो सेट प्रतिस्पर्धात्मक भएपनि अन्ततः २८ २६ अङ्कको अन्तरमा पराजित हुन पुग्यो । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित गर्‍यो । दुई सेट २५–१७ र २५–२१ को अन्तरमा जिते पनि तेस्रो सेट २५–१९ले जित्दै सशस्त्रले खेलमा पुनरागमन गरेको थियो ।

तर, चौथो सेटमा आर्मीले २५–१५ अङ्कको अन्तरमा सशस्त्रलाई पछी पार्दै खेल जित्यो । भोलि(मंगलबार) पहिलो सेमिफाइनल दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गुजरात स्टेट भलिबल क्लबबीच तथा दोस्रो सेमिफाइनल दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुने छ । मंसिर २४ गरे सम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउने छन् ।

मदन भण्डारी गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय