२३ पुस, काठमाडौं । एन्फा महिला राष्ट्रिय लिग अन्तर्गत सुपर लिगको खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । पुलिसले बागमती युथ क्लबमाथि संघर्षपूर्ण जित हात पारेको हो ।
पुलिसले मंगलबार भएको खेलमा बागमती युथ क्लबलाई २-० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसको जितमा कप्तान निरु थापा र पूजा रानाले गोल गरे ।
जितपछि ३ खेलबाट ७ अंक जोडेको पुलिसले एपिएफलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पुलिसले पहिलो खेलमा वालिङ नगरपालिकालाई ५–० ले हराएको थियो भने विभागीय डर्बीमा त्रिभुवन आर्मी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
पुलिसभन्दा एक खेल कम खेलेको एपिएफको ६ अंक छ। बागमतीको भने यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २–० र एपिएफसँग ५–१ ले पराजित भएको थियो।
प्रतिक्रिया 4