+

साफ च्याम्पियनसिप जुलाईमा हुने

२०८१ पुष  २४ गते २०:२५ २०८१ पुष २४ गते २०:२५
साफ च्याम्पियनसिप जुलाईमा हुने

२४ पुस, काठमाडौं । साफ च्याम्पियनसिप २०२५ आगामी जुलाईमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको बुधबार काठमाडौंमा बसेको बैठकले साफ च्याम्पियनसिप २०२५ जुलाई १५ देखि २५ सम्म गर्ने निर्णय गरेको हो ।

साफ कार्यसमिति बैठकले साफ प्रतियोगिताहरुको मार्केटिङ राइट्स कमर्सयल पार्टनर स्पोर्टफाइभलाई दिने स्वीकृत गरेको छ । यो सहकार्य २०२९ सम्म दिने सम्भावना रहेको साफले जनाएको छ ।

बैठकले साफ च्याम्पियनसिप अब होम वा अवे फर्म्याटमा गर्ने विषयमा पनि निर्णय गरेको छ ।

‘हामी च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्न सक्दो प्रयास गर्नेछौं तर पछि कुनै समस्या आएमा यो वर्ष केन्द्रीकृत ढाँचामा गर्नेछौं,’ बैठकपछि साफफका महासचिव अनवरुल हकले भने ।

यसैगरी बैठकले सन् २०२६ मा पहिलो साफ क्लब प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । जसमा दक्षिण एसियाका ८ क्लब समावेश हुनेछन् । आठ टोलीमध्ये एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशले दुईवटा स्थान पाउनेछन् ।

त्यस्तै सन् २०२५ मा महिला प्रतियोगिता पनि गर्ने तयारी छ । सन् २०२६ मा साफ यू-२३ च्याम्पियनसिप गर्ने निर्णय पनि स्वीकृत भएको छ ।

बैठकले स्वीकृत गरेको साफ युवा प्रतियोगिताहरु:

साफ यू-१९ च्याम्पियनसिप,               : ८-१८ मे २०२५

साफ यू-२० वुमन्स च्याम्पियनसिप,     : ११-२१ जुलाई २०२५

साफ यू-१७ वुमन्स च्याम्पियनसिप,     : १४-२४ सेप्टेम्बर २०२५

साफ यू-१७ च्याम्पियनसिप,                : १७-२७ अक्टोबर २०२५

साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय