+
+

५ वटा मुद्दामा ६१ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १६:५९

२५ पुस, काठमाडौं । विभिन्न पाँच वटा मुद्दामा ६१ वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ गुर्चिहवाका ५७ वर्षीय सोमई भनने प्रकाश कहार छन् ।

उनी ३ वटा खुन डाँका, १ वटा डाँका, र १ वटा चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । पाँच फरक मुद्दाम उनीविरुद्ध ६१ वर्ष कैद सजाय सुनाइएको थियो ।

त्यसैगरी ३ लाख ५२ हजार ७७८ रुपैयाँ जरिवाना समेत असुल उपर गर्न बाँकी रहेको छ ।

पक्राउ परेका कहारलाई कपिलवस्तु कारागार चलान गरिएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?