
२५ पुस, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आदेशसँगै तीन जना धरौटीमा रिहा भइसकेका छन् । अन्य प्रतिवादी पनि धरौटी बुझाएर रिहा हुने तयारीमा छन् ।
संगठित रुपमा सहकारी ठगी गरेको र त्यहाँबाट आर्जित सम्पत्ति शुद्धिकरणको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछाने सहित सातजनालाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
आरोप लागेका सबैजनाहरु कुनै न कुनै रुपमा कसुरमा संलग्न भएको देखिएको भन्दै न्यायाधीश नितिजकुमार राईको इजलासले उनीहरुलाई थुनामा पठाउनु पर्नेसम्मको अवस्था नहुने कानुनी दफा उदृत गर्दै धरौटीमा रिहा गरेको हो ।
जिल्ला अदालतको आदेशपछि आरोपितहरु धरौटी बुझाउने प्रक्रियामा छन् भने कोही रिहा भएका छन्। जिल्ला अदालतले उनीहरु कुनै न कुनै रुपमा कसुरमा संलग्न भएको प्रमाण देखिएको भनी प्रारम्भिक व्याख्या गरेको छ ।
यस्तो छ आदेशको पूर्णपाठः
प्रतिक्रिया 4