+

टेनिस खेलाडी शिभालीलाई भाटभटेनीको प्रायोजन

२०८१ पुष  २५ गते २०:५३ २०८१ पुष २५ गते २०:५३
टेनिस खेलाडी शिभालीलाई भाटभटेनीको प्रायोजन

२५ पुस, काठमाडौं । नेपाली युवा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनी सुपर मार्केटले १० लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ ।

बिहीबार महाराजगन्जस्थित भाटभटेनीमा आयोजित एक कार्यक्रममा भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङ र शिभालीबीच सम्झाैता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैता अनुसार भाटभटेनीले शिभालीलाई एक वर्षको प्रनयोजन गर्नेछ । भाटभटेनीको अन्तर्गत रहेको भाटभटेनी सुपरमार्केट, डिर्क एण्ड ब्रोन एण्ड टिप्को, ईन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङ मिलेर शिभालीलाई सहयोग गर्नेछ ।

शिभालीलाई क्यास र काईन्डमा गरेर १० लाख प्रदान गरिनेछ । सबै कम्पनीसँग छुट्टाछुट्टै सम्झाैता गरिएको हो । सम्झाैता अनुसार भाटभटेनीले शिभालीको प्रतियोगिता देखि ट्राभल खर्च प्रदान गर्नेछ जसले शिभालीको खेल अझ उत्कृष्ट हुने भाटभटेनीको विश्वास छ ।

शिभाली हाल एसियाको गर्ल्स यू-१४ क्याटेगोरीमा १२औं स्थानमा छिन् र उनलाई शीर्ष वरियतामा पुग्न उनलाई यस सहयोगले फाइदा पुग्ने भाटभटेनीको विश्वास छ।

१३ वर्षको उमेरमै शिभालीले यू-१८ नेपाल च्याम्पियनसिपको उपाधि जितिसकेकी छिन् । यस्तै आईटिएफ वर्ल्ड टेनिस टुर जे३० फाइनल्समा पुगेकी थिइन् ।

सम्झाैतापछि शिभालीेलेे आफूलाई सहयोग गरेकोमा भाटभटेनीलाई धन्यवाद दिँदै यो जीवन परिवर्तन गर्ने प्रायोजन भएको बताइन् । उनले यस सहकार्यले एसियाको टप जुनियर प्लेअर बन्ने लक्ष्यमा केन्द्रित हुन सहयोग पुग्ने बताइन् ।

शिभालीले ५ वर्षको हुँदादेखि टेनिस खेल्न थालेकी हुन् । उनले १० वर्षको उमेरमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा टेनिस खेलेकी थिइन् ।

भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङले खेलकुदमार्फत युथ डेपलपमेन्टमा आफूहरु प्रतिबद्ध रहेको र नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीहरु उत्पादन गर्न पनि प्रतिबद्ध रहेको बताए ।

शिभालीजस्ता खेलाडीहरुलाई सहयोग गर्दै उनीहरुको प्रतिभा अझ निखार्ने र अरुका लागि पनि प्रेरणाको स्रोत बन्ने गर्ने विश्वास व्यक्त गरे ।

भाटभटेनी सुपर मार्केटले केही समयअघि मात्रै भलिबल खेलाडी उषा भण्डारीलाई पनि प्रायोजन गरेको थियो ।

ट्रष्ट नेपाल ओभरसिस र ट्रान्सवेल्ड नेपालले पनि शिभालीलाई नगद ५-५ लाख सहयोग गर्ने कार्यक्रममा घोषणा गरेका थिए ।

शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय