+

एन्फा महिला लिगमा बागमतीको पहिलो जित

२०८१ पुष  २६ गते २०:०१ २०८१ पुष २६ गते २०:०१
एन्फा महिला लिगमा बागमतीको पहिलो जित

२६ पुस, काठमाडौं । बागमती युथ क्लबले एन्फा महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बागमती युथ क्लबले वालिङ नगरपालिकालाई २-० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बागमतीले दुवै गोल गरेको थियो । बागमतीका लागि अस्मिता खवासले ५२ औं र विष्णुमाया बलले ७५औं मिनेटमा गोल गरे ।

जितपछि बागमतीले चार खेलबाट ३ अंक जोडेको छ । यसअघिको तीन खेलमा बागमती पराजित भएको थियो ।

वालिङको यो लगातार चाैथो हार हो र सुपर लिगमा अंकविहिन छ ।

एन्फा महिला राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय