+
+

श्रमिकको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २७ गते ०:०५

२६ पुस, काठमाडौं । श्रमिकहरूको अवकाश उमेर बढाइने भएको छ । सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गर्दै श्रमिकको अवकाश अवधि बढाउने व्यवस्था गरेको हो ।

यसअघि ५८ वर्ष तोकिएको अवकाश उमेर कानुन संशोधन गर्दै ६० वर्ष पुर्‍याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत केही झन्झटिला देखिएका कानुन संशोधन गर्ने अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद्‌बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।

अध्यादेश ल्याउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।  उनी कानुनमन्त्री र मुख्यसचिवलाई लिएर राष्ट्रपति भेट्न पुगेका थिए । लगत्तै साँझ बसेको बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?