+
+

पूर्वमन्त्री शाहलाई पितृ शोक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ११:५६

२८ पुस, काठमाडौं । पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । शनिबार बिहान एक सय वर्ष तीन महिना उमेरका शाहको निधन भएको हो ।

१९८१ साल असोज दशैं टीकाको दिन अछामको रिडिकोट (हाल साँफेबगर नगरपालिका–७) जन्मिएका शाह बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए । शाह अछाममा शिक्षासेवी र समाजसेवी रुपमा चिनिन्थ्ये ।

शाहका साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् भने साइला छोरा राजेन्द्रबहादुर शाह व्यवसायी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामका सचिव छन् ।

जेठो छोरा मोहनबहादुर शाह अवकाश प्राप्त सरकारी कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?