कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । टिटानस ‘क्लोस्ट्रिडियम टेटानी’ नामक ब्याक्टेरियाबाट हुने गम्भीर संक्रमण हो ।
माटो, धूलो र फोहोरमा पाइने सो ब्याक्टेरिया गहिरो घाउमा पुगेमा त्यसले विषाक्त पदार्थ निकाल्छ । जसले मांसपेशीलाई क्षति गरी गम्भीर समस्या निम्त्याउन सक्छ ।
टिटानसले मांसपेशीमा दुखाइ गराउँछ। सो दुखाइ बङ्गारा र घाँटीबाट सुरु हुन्छ । यसलाई ‘लक ज्वा’ पनि भनिन्छ। समयमै उपचार गरिएन भने यसको संक्रमणले दुखाइसँगै सास फेर्न गाह्रो बनाउने, मुटुको धड्कन अनियमित पारी ज्यान नै जोखिममा पार्न सक्छ ।
बालबालिकामा चोटपटक लाग्नु सामान्य कुरा हो । किनभने उनीहरु बढी खेलकुद गर्छन् । खेलकुद गर्दा लडेर वा कतै ठोक्किएमा घाउ लाग्न सक्छ । सतही घाउमा फोहोर माटो पेसको छैन टिटानसको जोखिम कम हुन्छ ।
तर, यदि घाउ गहिरो छ । त्यसमा माटो, फोहोर परेको वा खिया लागेका हतियार वा भाँडाहरुले घाउ बनाएको छ भने टिटानसको जोखिम बढ्छ ।
बच्चालाई प्रत्येक पटक चोट लाग्दा टिटानसको सुई लगाउनुपर्छ ?
हरेक चोटपटकको लागि टिटानसको खोप दिनु आवश्यक हुँदैन । खोप लिन आवश्यक भएको नभएको चोटको प्रकृति र पहिलो कति खोप लगाइएको छ । त्यसमा निर्भर रहन्छ ।
नियमित खोप लगाएमा टिटानस खोप लगाउन आवश्यक छैन ।
दुई, चार र ६ महिनाका बालबालिकालाई डिपीटी (डिप्थेरिया, टिटानस, पर्टुसिस) खोप दिइन्छ । यसपछि १८ महिना ५ वर्षको उमेरमा बुस्टर डोज दिइन्छ ।
यदि बच्चालाई यी बुस्टर डोज अनुसार खोप लगाइएको छ । र, त्यसको ५ वर्ष भित्रमा चोटपटक लागेको छ भने टिटानसको सुई खोप लगाउनु पर्दैन ।
बच्चाको नियमित खोप पुरा नभएको अवस्था
यदि बच्चाले समयमै टिटानस बुस्टर प्राप्त गरेको छैन । पछिल्लो १० वर्षमा बूस्टर डोज प्राप्त गरेको छैन भने चोटपटक लागेमा टिटानस खोप लगाउनु आवश्यक हुन्छ ।
यस्तोमा चोटपटक लागेको जति सक्दो छिटो खोप लगाउनु उपयुक्त हुन्छ । सम्भव नभए पनि यसको संक्रमणबाट बच्न ४८ घण्टाभित्र खोप लगाउनै पर्छ ।
घाउको अवस्था
टिटानसको जोखिम चोटको गहिराई र स्थानमा निर्भर गर्छ । फोहोर नपरेको सतही घाउहरु प्रायः टिटानस खोपको आवश्यक पर्दैन । गहिरो घाउ जसमा माटो, धुलो वा खिया लाग्ने वस्तुहरू परेको छ भने सो खोप लगाउनु आवश्यक हुन्छ ।
जनावरको टोकाइ वा धारिलो वस्तुबाट हुने चोटपटकमा पनि टिटानसको जोखिम हुने हुँदा टिटानसको सुई लगाउनुपर्ने हुन्छ ।
बालबालिकालाई चोट लागेमा के गर्ने ?
—चोटपटक लागेमा तुरुन्तै सफा गर्नु पर्छ ।
—फोहोर र ब्याक्टेरिया हटाउन घाउलाई सफा पानी र साबुनले धुनुपर्छ ।
—एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ । घाउलाई संक्रमणबाट जोगाउन एन्टिसेप्टिक क्रिम लगाउनु पर्छ ।
—यदि घाउ गहिरो छ वा चोटको अवस्था अज्ञात छ भने तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
—चोट लागेमा पहिला के कस्तो खोप लगाइएको छ भनेर चिकित्सकलाई सूचित गर्नुपर्छ ।
टिटानसको जोखिमलाई रोक्न सकिन्छ ?
नियमित खोप र सरसफाइमार्फत टिटानसबाट बच्न सकिन्छ । बच्चाहरूलाई उनीहरूको खोप तालिका अनुसार डिपीटी र बूस्टर डोजहरू दिनु पर्छ ।
हरेक चोटपटकमा टिटानस खोपको आवश्यक हुँदैन । टिटानस खोप लगाउने कि नलगाउने भन्ने कुरा चोटको प्रकृति, फोहोरको जोखिम र बच्चाको खोप कार्ड रेकर्डमा निर्भर हुन्छ।
प्रतिक्रिया 4