+
+

लुम्बिनीमा माघ २ गते पनि बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १४:४३

२९ पुस,बुटवल। लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको हो।

सो निर्णय अनुसार यो वर्षको माघी तथा माघे संक्रान्तीको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?