+

१४औं सागको आयोजनाबारे पाकिस्तानमा छलफल हुने

२०८१ माघ  ३ गते १२:०० २०८१ माघ ३ गते १२:००
१४औं सागको आयोजनाबारे पाकिस्तानमा छलफल हुने

३ माघ, काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाबारे पाकिस्तानमा बैठकमार्फत छलफल हुने भएको छ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाएका छन् ।

बैठक पाकिस्तानको लाहोरमा हुनेछ । पुर्वसहमति अनुसार पाकिस्तानले नै सन् २०२५ मा अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने तय छ । सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) का पनि अध्यक्ष हुन् ।

बैठकका अवसरमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुनेछ । त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।

सन् २०१९ मा नेपालमा १३औं दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यसबेला पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।

दक्षिण एसियाली खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय