+
+

युवाहरुलाई अभिनेता राजेश हमालको सुझाव : समयमा नै सीप र दक्षता हासिल गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १३:३०

१८ माघ, काठमाडौँ। महानायक राजेश हमालले उमेर छदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।

गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्‌घाटन गर्दै महानायक हमालले उमेर छदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नु पर्नेमा जोड दिएका हुन् ।

पोखराका केही युवा बर्ग माझ आफ्नो भनाइ राख्दै उनले समय परिवर्तनशिल भएकोले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।

परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै महानयक हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरेका थिए ।

उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविश्यमा सामाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नु पर्ने उनको भनाई थियो ।

परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसंग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो ।

गोरेटोका ब्राण्ड एम्बेसडर समेत रहेका उनले कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?