+

पाठेघरको मुख क्यान्सरविरुद्धको एचपीभी खोपबारे १४ प्रश्नोत्तर

२०८१ माघ  ४ गते १७:३५ २०८१ माघ ४ गते १७:३५
पाठेघरको मुख क्यान्सरविरुद्धको एचपीभी खोपबारे १४ प्रश्नोत्तर

एचपीभी खोप के हो ?

पाठेघरको मुखको क्यान्सरविरुद्घ लगाइने खोपलाई हृयुमन प्यापुलोना भाइरस अर्थात् (एचपीभी) खोप भनिन्छ ।

किन लगाउने ?

– पाठेघरको मुख क्यान्सर लगायत एचपीभी भाइरसका कारण लाग्ने अन्य रोगबाट बच्न

– महिलामा सबैभन्दा बढी सताउने पाठेघरको मुखको क्यान्सर लाग्न नदिन

कसले लगाउने ?

– जति कम उमेरमा लगायो, त्यति राम्रो

– ९ देखि १४ वर्ष उमेर समूहमा सबैभन्दा प्रभावकारी

– महिलाले पनि चिकित्सकको सल्लाहअनुसार लगाउन सक्ने

कहा पाइन्छ ?

यो खोप निजी अस्पतालमा लगाउन सकिन्छ । हाल सरकारले सो खोप कार्यक्रम अभियानमार्फत निःशुल्क उपलब्ध गराउँदैछ ।

निःशुल्क खोप कसका लागि ?

– कक्षा ६ देखि १० सम्मका छात्रा, विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरी

खोप अभियान कहिलेबाट ?

– माघ २३ गतेदेखि फागुन ६ गतेसम्म गरी १५ दिन चल्ने ।

कुन कम्पनीको खोप दिइदैछ ?

– नेपालमा हाल चीनमा बनेको सिकोलिन ब्राण्डको खोप उपलब्ध दिइने तयारी गरिएको छ ।

कति मात्रा लगाउनुपर्छ ?

– यो खोप एकपटक लगाए पुग्छ ।

यो खोप कति प्रभावकारी ?

– यो खोप ९१ प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ । यौन जीवनमा सक्रिय हुनुपूर्व लगाउन सके शतप्रतिशत सुरक्षित राख्छ ।

खोप कहाँ लगाउन पाइन्छ ?

– सातवटै प्रदेशमा रहेका सरकारी तथा निजी विद्यालय र नजिकैको स्वास्थ्य संस्थामा लगाउन पाइन्छ ।

व्यक्तिगत रुपमा लगाउन पाइन्छ ?

– यो खोप अभियानको दायरामा नपर्ने महिलाले निजी अस्पतालमा गएर लगाउन पाउँछन् ।

कति खर्च लाग्छ ?

– नेपालमा एचपीभी खोपको मूल्य निजी क्षेत्रमा तीन हजारदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ ।

यो खोप नलगाउँदा के हुन्छ ?

– यदि खोप लगाइएन भने एचपीभी भाइरसको संक्रमण भई पाठेघरको मुखको क्यान्सरको जोखिम हुनसक्छ । हरेक वर्ष नेपालमा पाठेघर मुखको क्यान्सरबाट वार्षिक दुई हजारको मृत्यु हुने गरेको छ ।

यो खोप मेडिकल ट्रायलका लागि त हैन नि ?

नेपालमा एचपीभी खोप स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाठेघरको क्यान्सरबाट बचाउन कार्यक्रम अन्तर्गत प्रदान हुन लागेको भरपर्दो खोप हो ।

एचपीभी खोप पाठेघरको मुखको क्यान्सर स्वास्थ्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय